Saturday, 23 August 2014

नेपाल पर्यटन वर्ष २०११ र नेपाली पर्यटन उद्योग - Nepal Tourism Year 2011 and Tourism INdustry

The article was written on the eve of Nepal Tourism Year 2011, and Nepal's Tourism Industry.                        
 नेपाल पर्यटन वर्ष २०११ नेपाली पर्यटन उद्योग

पर्यटन उद्योग सन २०२० सम्ममा विश्वको सबैभन्दा ठूलो उद्योगको रुपमा खडा हुने अनुमान गरिएको सन् २००८ मा ९२ करोड २० लाख अन्तर्राष्ट्रिय पर्यटकले बिभिन्न स्थानको भ्रमण गरे भने विश्वो पर्यटन संघले सन् २०२० सम्ममा यो संख्या बढेर अरब ५६ करोड पुग्ने प्रक्षेपण गरेको जसमध्ये अरब १८ करोड पर्यटक अन्तर क्षेत्रीय   ( उही क्षेत्रभित्र जस्तै एसिया, अफ्रिका, युरोप आदि ) हुने अनुमान गरिएको भने बाँकी चाँही टाढा टाढा क्षेत्रसम्मको प्रायजसो देशले हालका दिनहरुमा पर्यटन उद्योगलाइ अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा लिन थालेका छन् झन्डै काठमाडौंको आकारमा रहेको ( ७१० बर्ग कि मि ) सिंगापुरले सन् २००८ मा करोड लाख पर्यटक भित्र्यायो भने सन् २०१५ मा करोड ७० लाख भित्र्याउने उद्देश्य राखेको मलेसियाले सन् २००८ मा करोड २० लाख पर्यटक भित्र्याउन सफल भयो जुन १९९८ मा जम्मा ५५ लाख मात्र थियो भने थाईल्यान्डले पनि अनुमानित करोड ४० लाख पर्यटक प्रति बर्ष भित्र्याउने गरेको यी देशहरुमा भएको पर्यटन क्षेत्रको द्रुत गतिबाट पर्यटन उधोगको सम्भावना कुनै पनि देशको आर्थिक क्रियाकलापमा योगदानको बारेमा बुझ्न सकिन्छ

सन् १९५० बाट नेपाल पनि बिदेशीहरुको लागि आधिकारिक रुपमा खुल्ला गरिएपछि बिस्तारै ब्याबसायिक पर्यटनको रुपमा बिकास हुन थालेको हो १० बर्से सशस्त्र कालको कुनै कुनै बर्षमा बाहेक अरु बर्षहरुमा निरन्तर रुपमा पर्यटकको आगमनमा भएको वृद्धि नेपाली पर्यटनको लागि सुखद हो भलै यो हालसम्म पनि जम्मा लाख को हाराहारीमा नै सिमित किन नहोस् वीर गोर्खाहरुको देश,गौतम बुद्धको जन्म भएको देश, सगरमाथा लगाएत बिश्वोका अग्ला हिमालहरुले सजिएको हिमालयको देश , बिभिन्न जात जातीहरु अनुपम संकृतिको देश भएको हुनाले विश्वोका जुनसुकै देशका जुनै रुचिका पर्यटकहरुको लागी पनि नेपाल एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा पर्न सक्छ यसरी नेपाल पर्यटकको लागि महत्वपुर्ण आकर्षक गन्तब्य हुँदाहुँदै पनि हालसम्म खासै उल्लेख्य प्रतिफल भने लिन सकेको छैन यसै बीचमा नेपाल पर्यटन बर्ष २०११ घोषणा गरिएको पर्यटकको संख्या दोब्बर कम्तिमा पनि १० लाख प्रति बर्ष पुर्याउने लक्ष्य राखिएको यो लक्ष्य हाँसिल गर्न दीर्घकालिन रुपमा पर्यटनलाई देशको ठुलो उद्योग बनाउन हालकै पूर्वाधार,तौरतरिका लगाएत क्षमताले भने नसक्न पनि सक्छ त्यसैले पर्यटन उद्योगको दिर्घकालीन बिकाश गर्न, यसलाई देशको प्रमुख आर्थिक स्तम्भ बनाउन , प्राप्त प्रतिफललाई सबै जनतामा समुयोचित तरिकाले पुर्याउन उपर्युक्त योजना सहित अगाडी बढ्नु जरुरि यस्तै केहि बिषयहरुमा यहाँ चर्चा गर्ने कोशिश गरिएको

पर्यटक जति बढाउने भनेर भने पनि सहज तरिकाले यहाँसम्म आउनसक्ने माध्यम सबै भन्दा महत्वपूर्ण हुन्छ यसको लागी स्थल मार्गको उत्तिकै महत्व भएपनि हवाई सेवाले सबैभन्दा बढी भूमिका खेल्छ नेपालमा पर्यटक भित्र्याउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्न सक्ने राष्ट्रिय धोजाबाहक नेपाल बायुसेवाको चरम उपयोग गरेमात्र सम्भब हुन्छ बिमान खरीद प्रकृया अगाडि पनि बढिरहेको सन्दर्भमा सबै नेपालीहरुले यसमा सकारत्मक सहयोग गर्नु जरुरी यसलाई सफल बनाउन पट्टि लाग्नु पर्दछ कुनै पनि मुल्यमा भ्रस्टाचार भए नभएको निरन्तर खबरदारी गर्नु नहुने बातावरण सिर्जना गर्नु पत्रकार, नागरिक समाज अन्य हामी सबै नेपालीको कर्तब्य हो तर बिभिन्न बहाना बनाएर भए नभएको कुरामा चासो देखाएर, मुद्दा हालेर यो प्रकृयालाई लम्ब्याएर राख्नु कसैको पनि हितमा छैन अहिले प्रकृया नपुगेको भन्ने कुरा आएको त्यसलाई सच्याएर कसरी बिमान किन्न सकिन्छ त्यसमा सबै मिलेर लाग्नुपर्छ यो प्रक्रियामा संलग्न हुने सबैको सम्पतिमा निरन्तर निगरानी गरेर भ्रस्टाचारको अनुगमन गर्न सकिन्छ तर काम नै गर्न नसकिने गरि हतोत्साही निगरानी गर्नु पर्यटन उद्योगको हितमा छैन

बिमान खरिद प्रक्रियाले गति लिएर बिमान थप भएमा पर्यटक आगमन केहि बढेर पक्कै जाने नै तर नेपाल बायु सेवा निगमको ब्यबस्थापनको पुनर्संरचना गर्नु अर्को जरुरि पाटो हो जुन बिना जति बिमान थप भएपनि दिगोरुपमा यो संचालन हुन सक्दैन हुन अहिलेको आर्थिक मन्दीले विभिन्न देशका बिमान कम्पनिहरु घाटामा गएका छन् सरकारको बिटो पैसाले जसोतसो धानिन प्रयास गर्दैछन तर सेवाको उच्चतम प्रबाह गरेर अन्य बिमान कम्पनिसंग प्रतिस्पर्धा गरी मुनाफामा संचालन गर्नु नेपाल बायुसेवाको पहिलो काम हुन आउछ मुख्यतया उपभोक्तासँग प्रत्यक्ष रुपमा सरोकार राख्ने ठाउँ जस्तै सेल्स,एअरपोर्ट काऊन्टर, परिचारिकाहरु जस्ता कर्मचारीहरुले सेवा उधोग उपभोक्ताका बारेमा बुझ्नु जरुरि उपभोक्ता जहिले पनि सहि हुन्छन उपभोक्ता राजा हुन् भन्ने अहिलेको मान्यतालाई आत्मसात गरी सम्पूर्ण ब्यबहारमा आमुल परिबर्तन पहिलो सर्त हुनु पर्छ नाममा नै नेपाल बायु सेवा भनेर सेवा अंकित एकातिर भने आजसम्मको स्थितिमा यसका अधिकांस कर्मचारीहरु सेवा दिन भन्दा पनि आफ्नै बाउको सम्पत्ती मानौ अरुले उपयोग गरेको जसरी व्यबहार गर्छन् यसैगरी निगमले बेहोर्नु परेको अर्को सास्ती अन्य जुनै सरकारी कार्यालयका कर्मचारीहरु समेतलाई भएसम्म भेटेसम्म सित्तै उंडाउन पर्ने बाध्यता हुनु हो यो सरकारी झन्डा बोक्ने संस्था भएपनी यसको सन्चालन मुनाफा हुनेगरी गर्नु जरुरी त्यसको लागि ब्यबस्थापनले सम्पूर्ण जिम्मेवारीका साथ अगाडी बढ्नु पर्दछ यसको लागि मार्गनिर्देशन निती तय गर्ने तर जथाभावी हस्तक्षेप नगर्ने , त्यस्तै बढी भएको तथा काम गर्न नसक्ने कर्मचारीलाई हटाउदा कुनै पनि युनियनको नाममा राजनीति नगर्ने प्रतिबद्दता राजनैतीक तहबाट हुनु अनिबार्य सक्षम ब्यबस्थापनको टिम , चुस्त प्रशासन कडा हरहिसाब, भरपर्दो सेल्स एजेन्टहरु, उपभोक्ता सेवाका बारेमा राम्रो सँग ज्ञान भएका कर्मचारी सेवाग्राहीहरूसंगको सुमधुर सम्बन्ध नेपाल वायुसेवा निगमको प्रगतिको लागि आबस्यक कुराहरु हुन् पर्यटन उधोगको पहिलो जग पनि
हालसम्म नेपालको पर्यटन उधोग एकपल्ट घुमेर फर्किएको पर्यटकले आफ्नो परिवारका अन्य सदस्यहरुलाई तथा सथिभाइहरुलाइ दिने मोहक यात्रा अनुभबका आधारमा बढी बिग्यापित जसमा प्रकृति हँसिलो नेपाली सत्कारले टेवा पुर्याएको तर पर्यटकले नेपाल घुम्दाको बखत कुनै पनि कठिनाई बिना सुरुदेखी अन्तसम्म भ्रमण टुङ्याउन सक्ने बातावरण हुनु जरुरी हालसम्म नेपालमा यातायात लगायत अन्य सुबिधाहरुको त्यति राम्रो सुलभ व्यवस्था छैन पर्यटकहरुको लागि उदाहरणको लागि काठमान्डौ एअरपोर्टमा ओर्लिएपछी भीसा लिने ठाउँ, सरसामान लिने ठाउँ देखि लिएर होटेलसम्म पुग्ने ट्याक्सीहरुको स्तर निकै दयनीय सबै पर्यटकहरु ट्राभल एजेन्सी, होटेल वा अन्य संस्थासँग अग्रिम बुकिङ गरेर नआउने हुँदा त्यसरी भित्रने पर्यटकले बढी सास्ती बेहोर्नु परीरहेको होटेल एसोसिएशन वा ट्याक्सी काउन्टरको नाममा दलाली गरेर पर्यटकलाई जसरी सेवा दिइरहेको त्यो पर्यटकीय बिकाशको हिसाबले राम्रो हुनै सक्दैन पर्यटकलाई साँच्चिकै स्वस्थ सुचना दिने काउन्टर हुनु जरुरी की लाखौंको कमिसनबाट प्राप्त हुने दलाली काउन्टर होटेल काउन्टरमा सबै होटेलहरुको लिस्ट मुल्य राखेर होटेल छान्न पाउने जुन पर्यटकले मन पराउंछन त्यहिउपलब्ध गराउने,ट्याक्सी को स्तर बढाउने , कम्तिमा पनि एअरपोर्टबाट ट्याक्सी चलाऊने ड्राइभरलाई अङ्रेजी भाषा, उपभोक्तालाई दिईने सेवा उपभोक्ता अधिकारका बारेमा तलिम दिने ब्यबस्था गर्नु राम्रो हुन्छ कम्तिमा पनि ठमेल, दरबारमार्ग पुग्ने सटल बस संचालन गर्नु राम्रो हुन्छ

नेपाल सांस्कृतिक सम्पदाहरुमा, प्राकृतिक सम्पदाहरूमा, धार्मिक सम्पदाहरूमा निकै धनि त्यसैले अधिकांस पर्यटकहरु खुसि नै भएर फर्किएका छन् तर अन्य मुलुकहरूले जसरि पर्यटकको बसाइलाई रोचक, मनोरंजनयुक्त , ज्ञानबर्धक बनाएर लामो बनाएका छन् हामीमा तेस्को कमि जसले गर्दा पर्यटकीय गतिविधिहरु हामीमा न्युन हुन गएको काठमाडौँ मन्दिरै मन्दिर ले भरिएको सहर हो , सबै पर्यटकहरु काठमाडौँ आएपछि त्यहिहेरेर रमाउनु नै पर्छ भन्ने वा नेपाल हिमालयको देश हो त्यसैले ट्रेकिंग नै गर्नुपर्छ भन्ने जुन सोचाई त्यसलाई परिबर्तन गरेर विभिन्न आकर्षणहरु थपी नेपाललाई दुबैको फ्युजनद्वारा एक रोचक गन्तब्य को रुपमा बिकशित गर्नु अपरिहार्य हामि पर्यटकलाई संग्रहालय सितिमिति देखाउदैनौ जबकी अन्य देशको भ्रमणमा संग्रहालय समाबेश गरिएकै हुन्छ जहाँबाट सम्बन्धित देशको बिबिध पक्षको जानकारी लिन सकिन्छ नेपालमा बुद्ध धर्मको बिकाश, कला,संस्कृति, प्रकृति लगाएत विस्वोलाई नै चकित पर्ने बीर गोर्खाहरुको उत्पत्ति जस्ता कैयौ रोचक सामाग्रीहरु, तथ्यहरु छन् जसलाई एकै ठाउमा संग्रहित गर्न सकियो भने पर्यटकहरुलाई शिक्षा, मनोरंजन दिन सक्दछ तेस्तै जु ( चिडियाघर ) पनि बिदेशी पर्यटकको घुम्ने स्थानमा पर्न सकेको छैन हालसम्म जबकी नेपालको भौगोलिक बनावटले गर्दा बनस्पति जनावरको बिबिधता अन्य कुनै पनि देशमा भन्दा बढी बिदेशी पर्यटकहरु जनावरलाई थुनेर राखेको ठाउमा रमाउदैनन् त्यसैले जु अहिलेको स्थानबाट अन्यत्रै सार्ने योजना बन्न लागेको अबसरमा नै यसलाई पर्यटनको अर्को आकर्षणको केन्द्र हुनेगरी बृहत योजना सहित सार्नु उपर्युक्त हुन्छ त्यसैगरी हाल बागमती विष्णुमति नदीलाई सफाई गर्ने कार्यक्रम लगभग सुरु भएको बेलामा पानीलाइ बारेर - सफा बनाएर नौकामा सयेर गर्न मिल्ने, नदीको दुवै किनाराहरुमा रेस्टुरेन्ट सहित विभिन्न आकर्षणहरु थपेर पर्यटकहरुको प्रमुख गन्तब्य मनोरन्जक ठाउँ हुने गरि बिकास गर्नु उपर्युक्त हुन्छ

नेपालमा पर्यटक पर्यटक भनेर विदेशीलाई मात्रै हेर्ने त्यसै अनुरुप ब्यबहार गर्ने गरिन्छ नेपालीहरु नै पनि एक ठाउँ बाट अर्को ठाउँमा घुम्न गए भने स्तरीय सेवा खोज्नु स्वाभाविक हुन्छ गन्तब्य पछी सबै भन्दा बढी ध्यान पुर्याउनुपर्ने कुरा भेनेको सेवा नै हो खाना, बासमा स्वस्थकर सफा हुनु अती अबस्यक पर्यटन क्षेत्रलाई ब्यापक बनाउन, यसबाट प्राप्त हुने प्रतिफल सबै ठाउमा पुर्याउन देशको सबै स्थानमा पर्यटनको गतिबिधी बिस्तार गर्न होटेल, रेस्टुराँ सम्बन्धित सेवालाई सबै ठाउमा स्तरिय रुपमा बिकास गर्न जरुरी स्थानीय श्रोत साधन पुंजीको आधारमा उपर्युक्त मापदण्ड तय गरी सम्बन्धित निकायबाट निरन्तर अनुगमन गर्न सकिन्छ यो भयो भने मात्र बिदेशी वा स्वदेशी पर्यटक जो भए पनि चाहे काकडभित्ता , चाहे मुग्लिन , चाहे दाउन्ने, चाहे पुतलीबजार , चाहे जनकपुर जहाँ खाना खानु परोस वा बास बस्नु परोस, खानाको स्तर, शौचालयको स्तर, बासको स्तर सफा स्वस्थ हुने ग्यारेन्टी गर्न सकिन्छ हालको अबस्था हेर्ने हो भने पर्यटकीय गतिबिधि हुने सिमित स्थान बाहेक अन्य ठाउमा शौचालय गर्न, खाना खान, बास बस्न, नठगियीने ट्राभल एजेन्सी भेटाउन निकै गार्हो पर्दछ यहि अबस्था अब पनि जारी रहने हो भए हामीले कहिलै पनि पर्यटन उद्योगबाट अपेक्षित लाभ लिन सक्दैनौ यसको लागि स्थानीय निकाय - प्रशाशन , उधोगका संघ संगठनहरु, होटेल रेस्टुराँका संगठनहरु, ट्राभल एसोसिएसनहरु लगायत सम्बन्धित सबै एक भएर काम गर्नु पर्दछ

नेपालमा दुइ वा दुइ भन्दा बढी मन्त्रालय मिलेर गर्नुपर्ने कामहरुमा कुनै पनि समन्वय भएको पाइदैन, सडक विभागले सडक बनाएको महिना पछि पानीको पाइप, टेलीफोन तार राख्न पुरै सडकको किनारा खनेर छाडे जस्तै देखिन्छ पर्यटनमा पनि स्थानीय मन्त्रालय, बन तथा संरक्षण मन्त्रालय, संस्कृति मन्त्रालय, यातायात मन्त्रालय,उद्योग मन्त्रालय लगायत अन्य विभिन्न सरकारी संस्थाहरु सबै कुनै कुनै रुपमा पर्यटन संग सम्बन्धित छन् यसैले राज्यले पर्यटनलाइ अर्थतन्त्रको प्रमुख खम्बा मान्ने हो भने यी सबै मन्त्रालयहरुको कामहरु पर्यटकीय गतिबिधिलाइ लक्षित गरि संचालन गर्नु जरुरि अझ पर्यटन मन्त्रालय अन्तर्गत रहेको पर्यटन उद्योग महाशाखा, नेपाल पर्यटन बोर्ड अन्य निजी संघ संस्थाहरुबिचको तारतम्य मिल्नु जरुरि देशका सबै नागरिक सरकारको सरकार जनताको हुने हो भने हरेक क्षेत्र सरकारी निजी साझेदारीको रुपमा आफै आऊछ तर नेपालमा यसमा ठुलो खाडल रहेकोले सरकारको यति भाग निजीको यति भाग भनेर नेपाल पर्यटन बोर्ड बनाइएको जुन खासै आबस्यक नपर्न पनि सक्छ यदी मन्त्रालय जनताको लागि लक्षित हो भने जनता सरकारलाई सहयोग गर्ने स्पिरिटको हो भने निजी संघ संस्था निजी ब्यबसायहरु स्वत सरकारको देशको आफ्नै सम्पति हुनुपर्नेमा पर्यटन बोर्डमा भाग खोज्ने लाजमर्दो चलन मन्त्रालयमा राजनीतिक नियुक्ति गर्ने ठाउँ शायद त्यती नमिलेर होला यही बोर्डमा राम्रैसँग दुरुपयोग गर्ने गरिएको यसैलाई सरकार निजी साझेदार भनिएको मन्त्रालयको काम सबै निजी संस्थालाई बलियो बनाउन सहयोग गर्ने, दिर्घकालिन नीती बनाउने, यसरी बनेको नीतिलाई लागु गराउने, लागु गर्न बाधा पुर्याउने संस्था, ब्यक्तिलाई कडा कारबाही गर्ने हुनुपर्दछ अनी मात्र सहि रुपमा पर्यटनको बिकास दिर्घकालिन हुनसक्दछ आज पर्यटन उद्योग हरेक देशको बिकाश आर्थिक उन्नतिको लागि महत्वपुर्ण मानिएको बेला नेपाल जस्तो औधोगिक क्षमता बढी नभएको तथा प्राकृतिक , संस्कृतिक, धार्मिक लगायत सम्पूर्ण दृष्टिकोणबाट उपर्युक्त पर्यटकिय गन्तब्य भएकोले यसैमा जोड दिनु बान्छनीय नयाँ बर्षको सुरुवाती शुभकामना - पर्यटन बर्ष २०११ सफल होस् नेपाल विश्वोको अनुपम पर्यटकीय गन्तब्य बनोस !!!

दिपक बस्ताकोटी
पन्द्रुङ - ०२ गोरखा,
हाल: सिङ्गापुर

10th  February, 2010

No comments:

Post a Comment